प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जना प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जना प्रहरी नियन्त्रणमा

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित विद्यार्थी रहेका छन् । 

प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका हुन् ।

Loading
TOP