चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय ६३ पुग्यो

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय ६३ पुग्यो

१३ फागुन,  बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ६६३ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आइतबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । 

पछिल्लो अपडेट अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ६६३ पुग्नुको साथै ७७ हजार ६५८ व्यक्ति सङ्क्रमित भएका छन्  ।

कोरोनाबाट सोमबार थप ७१ जनाको मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म २७ हजार ३२३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

Loading
TOP