बलिवुडका चर्चित फिल्म निर्माण कम्पनिमा कर बिभागको छापा

बलिवुडका चर्चित फिल्म निर्माण कम्पनिमा कर बिभागको छापा

१३ फागुन,  मुम्बई । बलिवुडका चर्चित फिल्म निर्माण कम्पनिमा भारती कर बिभागले छापा मारेको छ ।

जुनियर कलाकारलाई दिने परिश्रमिकमा कम कर काटेको भन्दै कर बिभागले छापा मारेको बताइएको छ ।

आयकर विभागले फिल्म र टेलिभिजनमा काम गर्ने जुनियर कलाकारलाई निर्माण कम्पनीहरुले दुई प्रतिशत मात्र आयकर काटेर भुक्तानी गर्ने गरेको भन्दै यो १० प्रतिशत हुनुपर्ने आयकर बिभागले बताएको छ ।

फिल्म निर्माण कम्पनिहरुले स-साना भूमिकामा हुने कलाकारलाई अनस्किल क्याटगोरीमा राखेर यस्तो गरेको दाबि गरेका छन् । तर आयकर बिभागले भने सानो भूमिका भएपनि उनीहरु स्किल क्याटगोरीमा आउनु पर्ने बताएको हो ।

यसरी आयकर बिभागले छापा मारेका कम्पनीहरुमा करण जोहरको धर्मा प्रोडक्सन, एकता कपुरको बालाजी फिल्म्स, बासु भगानीको पुजा फिल्म्स, लव रंजनको लव रंजन फिल्म्स, फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट, अजय रायको के जार फिल्म्स, दिनेश विजनको मेडक फिल्म्स रहेका छन् ।   

Loading
TOP