फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

  १३ फागुन,  काठमाडौं । नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोन पेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ ।

दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल विजेता बन्न सफल भएका छन् । विजेता गत बिहीबार कलकान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुने गरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ उपहार योजना सञ्चालन गरिरहेको छ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीन जनालाई पनिदुबर्ई ट्रिपमा लैजान पाउनेछन् । 

उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुई जनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।

फोनपेका हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहेका छन् भने नेपालभरका ५० भन्दा धेरै बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् ।

फोन पे ले सदस्य बैंक तथा वित्तिय संस्था मार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको फोनपे सूचना तथा सञ्चार शाखाले जनाएको छ ।

Loading
TOP