सुनको मुल्य घट्यो, तोलाको कति ?

सुनको मुल्य घट्यो, तोलाको कति ?

१३ फागुन, काठमाडौं । लगातार बढिरहेको सुनको मुल्य मंगलबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ सयले घटेर छापावाला सुन प्रतितोला रु ८० हजारमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार सुनको मुल्य प्रतितोला ८० हजार ३ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७९ हजार ७०० सयमा कारोबार भैरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य स्थिर रहि प्रतितोला ९२५ रुपैंयामा कारोबार भइरहेको छ ।

Loading
TOP