चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय नाघ्यो

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय नाघ्यो

१४ फागुन, बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या  २७ सय नाघेको छ ।

पछिल्लो अपडेट अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या २७ सय १५ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आइतबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । 

पछिल्लो अपडेट अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या २७ सय १५ पुग्नुको साथै ७८ हजार ६४ जना सङ्क्रमित भएका छन्  ।

कोरोनाबाट सोमबार थप ५२ जनाको मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म २९ हजार ७४५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।
 

Loading
TOP