पुस्तकमा लगाइएको कर हटाउन कांग्रेस नेता गगन थापाको माग

पुस्तकमा लगाइएको कर हटाउन कांग्रेस नेता गगन थापाको माग

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमाथि लगाइएको कर हटाउन सरकारलाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत थापाले करले पठन संस्कृतिमा अवरोध आउने भन्दै कर हटाउन माग गरेका हुन् । उनले भनेका छन् -‘पुस्तकमाथीको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएको छ।‬
‪प्रधानमन्त्री ज्यू, नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भने एक नेपालीले एक बर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि वताइदिनोस्। पढ्न नियन्त्रण गर्ने सरकारको प्रयास विरुद्ध सदन र सडकबाट हाम्रो खवरदारी निरन्तर रहनेछ।‬’

Loading
TOP