इपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेल ललितपुर र पोखरा बीच हुने

इपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेल ललितपुर र पोखरा बीच हुने

१५ फागुन,  काठमाडौँ । आगामी एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक भएको छ ।

चैत्र १ (मार्च १४) देखि चैत्र १५ (मार्च २८) सम्म हुने इपिएलको यस सिजनमा लिग चरणमा कुल १५ खेल हुने छन् भने प्लेअफ र फाइनल गरि कुल ४ खेल हुने छन् ।

यसरी कुल १९ खेल हुने यस इपिएलको पहिलो खेल डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच हुने छ ।

त्यस्तै दुई खेल हुने दिन बिहान १० बजेर र २ बजे खेल शुरु हुने छन् भने एक खेल हुने दिन दिउसो २ बजे खेल हुने सार्वजनिक खेल तालिकामा उल्लेख छ ।

फाइनल खेल चैत्र १५ गते शनिबार दिउसो २ बजे हुने छ । सबै खेल काठमाडौँको किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छन् ।

खेल तालिका :   

Loading
TOP