चीनमा कोरोनाबाट बुधबार २९ को मृत्यु, मृतकको संख्या २७ सय ४४ पुग्यो

चीनमा कोरोनाबाट बुधबार २९ को मृत्यु, मृतकको संख्या २७ सय ४४ पुग्यो

१५ फागुन,  बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या  २७ सय नाघेको छ ।

पछिल्लो अपडेट अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या २७ सय ४४ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आइतबार जनाएका छन् ।

कोरोनाको संक्रमणबाट बुधबार केवल २९ जनाको मात्र मृत्यु भएको पछिल्लो अपडेटमा जानकारी दिइएको छ । यो कोरोनाको सक्रमण शुरु भएदेखि कै हरेक दिन मृत्यु भएको न्यून संख्या हो । 

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । 

पछिल्लो अपडेट अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या २७ सय ४४ पुग्नुको साथै ७८ हजार ४९७ जना सङ्क्रमित भएका छन्  ।

त्यस्तै अहिलेसम्म ३२ हजार ४९५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

Loading
TOP