कांग्रेस नेता शाहीद्वारा एम्वुलेन्स हस्तान्तरण

कांग्रेस नेता शाहीद्वारा एम्वुलेन्स हस्तान्तरण

१६ फागुन, कालिकोट – तरुण दलका महासचिव एवं नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भूपेन्द्रजंग शाहीले कर्णालीमा एम्वुलेन्स हस्तान्तरण गरेका छन् । कालिकोट स्थायी घर भएका महासचिव शाही सिंगो कर्णालीको प्रतिनिधित्व गर्ने प्रभावशाली युवा नेता हुन् । शाहीको विशेष पहलमा र बिराटनगर नोवेल मेडिकल कलेजका डा. शुनिल सर्माको अगुवाइमा कालिकोटमा एम्वुलेन्स हस्तान्तरण गरेका हुन् ।

शाही र शर्मालाई कर्णालीका जनतालाई भव्य स्वागत सहित धन्यवाद दिएका छन् । पृवी रक्तदान वीर फाउन्डेशनद्धारा सञ्चालित एम्वुलेन्स कालिकोट सदरमुकाम स्थित मान्मामा एक कार्यक्रमकाबीच स्वास्थ्य कार्यलयलाई शाहीले हस्तान्तरण गरेका छन् ।

कालिकोटको पँञ्चदेवल मा.विमा टेस्ट र एसएलसी दिएका डा.सर्माले कालिकोटको भौगोलीक स्थिती, गरीबीलाई मध्येनजर गर्दै एम्वुलेन्स वितरण गरेको उनले बताए । एम्वलेन्सले सिंगो कर्णालीमा सुविधा दिने उनले बताए ।

कर्णालीका जनताको दुुःख सुखमा साथ दिनको लागि आफ्नो पहलमा एम्वुलेन्स वितरण गर्न सम्भव भएको भन्दै कांग्रेस नेता शाहीले यस्ता कार्यक्रमहरु अझै जारी राख्ने प्रतिवद्धता जनाए । शर्मा र शाहीको पहलमा एम्वुलेन्स पाएपछि कर्णालीका जनता उत्साहित भएका छन् ।

Loading
TOP