‘पुस्तकमा लगाइएको करका बारेमा बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

१६ फागुन,  काठमाडाै‌ं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् ।

मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।

‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ थापाले लेखेका छन्, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

Gagan Thapa @thapagk  

विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ;-‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु’।
मन्त्रीज्यू हामी पनि तयार छौँ। बहस कहाँ गराैं-संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?6328:48 AM – Feb 28, 2020Twitter Ads info and privacy

सूचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत कार्यभार सम्हालेका डा. खतिवडाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वदेशी उद्यमलाई प्रोत्साहित गर्न ज्ञानमा नभई पुस्तकमा कर लगाएको र आफू बहस गर्न तयार रहेको बताएका थिए ।

Loading
TOP