किन हेर्ने तापसीको थप्पड ?

किन हेर्ने तापसीको थप्पड ?

१६ फागुन, काठमाडाै‌ं ।

फिल्म: थप्पड
कलाकार: तापसी पन्नू, पवैल गुलाटी, माया सराओ, रत्ना पाठक,  तनवी आजमी,  कुमुद मिश्रा,  गितिका वैद्य, राम कपुर र दिया मिर्जा आदि
निर्देशक: अनुभव सिन्हा
निर्माता: भुषण कुमार, अनुभव सिन्हा, कृष्ण कुमार

दिल्लीको गल्लीहरुमा म्याङ्गो आइस्क्रिम खाने र अलग अलग परिवेशमा जीवन बिताउने र अलग अलग सोच भएका महिलाहरुको कथा संगै चलचित्र थप्पड शुरु हुन्छ । 

कथा एउटा कोलाजको रुपमा देखाइएको छ जसमा छ भिन्न भिन्न महिलाहरुको कथालाई यस आइस्क्रिमको माध्यमबाट जोड्ने कोशिश गरिएको छ ।

अनुभव सिन्हाको चलचित्र निर्माणको कोलाज पनि कुनै प्रकारको आइस्क्रिम क्यान्डी जस्तै रहेको छ ।

एकातर्फ उनको तुम बिन, तुम बिन-२,  दश,  तथास्तु, केश र रा वन जस्ता फिम छन् बहने अर्कोतर्फ  मुल्क, आर्टिकल १५ र थप्पड जस्ता फिल्म ।

अनुभब भित्रको वास्तविक फिल्म निर्देशक उनी ५० वर्षको भएपछि ब्युझिएको छ । पछिल्लो दुई वर्षमा उनले तीन यस्ता फिल्म बनाएका छन् कि त्यसको चर्चा हिन्दी सिनेमाको इतिहासमा थुप्रै पिंढीसम्म भइरहने छ ।

थप्पड धैर्यका साथ हेर्ने चलचित्र हो । एउटा पात्र अमृता हुन् जो आफ्नो श्रीमानको हेरचाह एक आमाले जस्तै गर्छिन् । एक उनको श्रीमान, विक्रम जो दिन रात कामको नशामा डुबेका हुन्छन् । 

कार्यालयको बोझले कसरी घर सखाप बनाउछ, यसको विषयमा बिस्तारमा चर्चा गर्दै फिल्म आफ्नो त्यस बिन्दुमा पुग्छ, जसको कारण चलचित्रको नामकारण भएको छ ।

चलचित्र घरेलु हिंसा भन्दा पनि धेरै त्यस पुरुष घमण्डको बारेमा छ जसको बारेमा प्राय कम चर्चा हुन्छ । अमृताको घरमा काम गर्ने नोकर्नीलाई उसको श्रीमानले केवल बोलिरहेको समयमा बीच कुरा काटेको निहुमा पिट्छ । अमृताकी आमाले आफ्नो गायनलाई यस कारणले तिलांजलि दिएकी थिइन् किनभने आमाले सम्झाएकी थिइन् कि घर सबैभन्दा महत्वपूर्ण हुन्छ । अमृताकी सासु आफ्नो छोराको लागी आफ्नो श्रीमानसंग छुट्टिएर बस्छिन् । तापसीकी वकिल आफ्नो श्रीमानको सफलतामा निस्सासिएको अनुभव गर्छिन् ।

शुरूवातमा फिल्म निकै बिस्तारै चल्छ । जुन कारणले विक्रम आफ्नो श्रीमती अमृतालाई थप्पड हानेका हुन्छन् यो त्यस्तो हिंसा पनि हुँदैन कि कुनै श्रीमतीले घर छोडेर जानुपर्ने । र त्यो पनि तीन चार दिन पछि तर मुद्दा यहाँ थप्पड हानेको कारण होइन ।

मुद्धा हो थप्पड किन हान्यो ?  यस कुराको अनुभव भिन्न-भिन्न पात्रको माध्यमबाट बिभिन्न दृष्टिकोणबाट देखाइएको छ । फिल्मले कानुनी दाउपेचमा पनि पारिवारिक ताना-बानामाथि तिखो टिप्पणी गरेको छ । 

फिल्मले आफ्नो कथा बिस्तारै बनाउदै जान्छ र फेरी अमृताको ‘गोद भराई’ भएको दृश्यमा कथा आफ्नो उच्च बिन्दुमा पुग्छ । यस एक दृश्यले फिल्मको टिकटको पैसा फिर्ता भएको अनुभव दिन्छ । 

यो फिल्म हरेक आमा, हरेक छोरी र हरेक श्रीमतीलाई हेर्नुपर्ने खालको छ र त्यो पनि आफ्नो छोरा, श्रीमान् संग हेर्नुपर्ने खालको रहेको छ ।

निर्देशक अनुभवले बढिरहेको उमेरसंगै आएको उनको भित्रको गम्भीरतालाई फिल्ममा देखाउन शुरु गरेका छन् । 

रा वनको लागि शाहरुखले उनको नाम फाइनल गरेको कुरा, यस्तो कुरा उनको ‘दश’ को छायांकनको क्रममा हटमेल च्याटबाट थाहा भएको थियो । तर त्यो समयदेखि अहिलेको अनुभवको दृष्टिकोण सिनेमाको विषयमा पुरै एक सय ८० डिग्री घुमेको छ ।

थप्पड केहि राम्रा कलाकारहरुको अद्भुत अभिनयको कोलाजको रुपमा रहेको छ । तापसी पन्नूले दक्षिण भारतीय सिनेमा गरेको काम त्यो भन्दा धेरै भिन्न छ ।

थप्पडको ट्रेलर :

हिन्दी चलचित्रमा उनले बिस्तारै आफ्नो यस्तो ठाउँ बनाएकी छिन् जहाँ कसैले उनको प्रतिष्पर्धा गर्न सक्दैन । उनी कंगनाको नक्कल गर्दिनन् र उनले कंगनाको नक्कल गर्छिन् भन्ने आरोप यस चलचित्रबाट गलत साबित हुन्छन् ।

फिल्मको खोज,  पवैल गुलाटी रहेका छन् । अनुराग कश्यपको टिभी सिरिज युद्धबाट आफ्नो करियर शुरू गरेका पवैलको यो पहिलो फिल्म हो । उनले आउँदो वर्षको बेस्ट डेब्यु अवार्ड पाए भने कुनै आश्चर्य हुनेछैन । 

कुमुद मिश्रा, रत्ना पाठक, गितिका वैद्य बाहेक माया सराओले राम्रो अभिनय गरेका छन् । अरुको लागि अदालतमा लड्ने एक वकिलको कसरी आफ्नो घरमा केहि चल्दैन, यसलाई निभाउन उनले निकै राम्रो काम गरेकी छिन् ।

आर्टिकल १५ मा जस्तो काम यसको लेखक गौरव सोलंकीले गरेका छन् त्यस्तै काम थप्पडको लागी मृणमयी लागूले गरेका छन् । संवेदनाको यस्तो ज्वार हिन्दी चलचित्रमा कम देख्न पाइन्छ । लेखन चलचित्रको सबै भन्दा गम्भीर काम हो भन्ने यस फिल्मले पुष्टि पनि गरेको छ । 

लेखकले यो नयाँ तरिकाले चलचित्र बनाएका छन् । फिल्म निकै राम्रो रहेको छ,  तर समस्या भनेको छपाक र पंगा जस्तो चलचित्र हेर्न दर्शक हाल सम्म गएनन् भने यो फिल्म हेर्न जालान् त भन्ने हो ।

थप्पडको वास्तविक लडाई भनेको बक्स अफिस हो, राम्रो चलचित्रहरु बक्स अफिसमा सफल हुन नसकेको बेला थप्पडलाई दर्शकको कस्तो साथ मिल्ला त्यो आउदा दिनमा थाहा हुने छ ।

Loading
TOP