साताको अन्तिम दिन घट्यो सुनको मूल्य, तोलाको कति ?

साताको अन्तिम दिन घट्यो सुनको मूल्य, तोलाको कति ?

१६ फागुन,  काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ५०० ले घटेर छापावाला सुन प्रतितोला रु ७९ हजार २०० मा कारोबार भइरहेको छ ।

यस अघि विहिबार सुन प्रतितोला ७९ हजार ७०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७८ हजार ९०० सय कायम गरिएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पबी घटेको छ । आज चाँदीको मुल्य तोलामा रु २० ले घटेर प्रतितोला ८८० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Loading
TOP