प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई सात दिनको म्याद थप

प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई सात दिनको म्याद थप

१९ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) माथि जुत्ता प्रहार गर्ने रतन तिरुवाविरूद्ध अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ ।

सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका गर्न सात दिनको म्याद थप गरेको हो ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

यसबारे अनुसन्धान गर्न अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय समिति समेत गठन भएको छ ।

Loading
TOP