के मोदीले छोड्दैछन् सामाजिक संजाल ?

के मोदीले छोड्दैछन् सामाजिक संजाल ?

२० फागुन,  काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल छोड्ने बारेमा विचार गरिरहेको बताएका छन् ।

उनले लेखेका छन् – ‘यस आइतबार (मार्च ८) मा सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब छोड्ने बारेमा विचार गरिरहेको छु । यस बारेमा जानकारी गराउने छु ।’

प्रधानमन्त्री मोदीले किन सामाजिक संजाल छोड्न लागे भन्ने बारेमा स्पष्ट नभए पनि हालै दिल्लीमा भएको जातीय दंगा कारण हुनसक्ने विश्लेषण गरिएको छ ।

मोदी सामाजिक संजालमा धेरै फलोअर भएका नेता हुन् । ट्वीटरमा उनका ५ करोड ३३ लाख ७० हजार फलोअर छन् भने फेसबुकमा ४ करोड ७३ लाख भन्दा बढी फलोअर छन् । त्यस्तै युट्युबमा ४५ लाख फलोअर छन भने इन्स्टाग्राममा ३ करोड ५२ लाख फलोअर्स रहेका छन् ।

२०१९ को अप्रिलमा इंडिया स्प्रेड नामक संस्थाले गरेको एक सर्वेमा मोदीको एकाउन्टबाट हरेक दुई घण्टामा एक ट्वीट  गरिएको थियो । 

मोदीको सो ट्वीटप्रति व्यंग्य गर्दै भारतीय काँग्रेस नेता राहुल गान्धीले ‘घृणा छोड्नुस सामाजिक संजाल होइन’ भन्ने टिप्पणी गरेका छन् ।           

Loading
TOP