किन अचानक शाहरुखलाई बहिष्कार गर्नुपर्ने माग उठ्यो ?

किन अचानक शाहरुखलाई बहिष्कार गर्नुपर्ने माग उठ्यो ?

मुम्बई, असोज १ । बिहीबार अचानक ट्विटरमा अभिनेता शाहरुख खान बहिष्कार ट्रेन्डमा आएको छ । वास्तवमा अभिनेता शाहरुखको पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको फोटो भाइरल भएपछि उनलाई बहिष्कारको माग बढेको हो ।

अफगानिस्तानलाई तालिबानले कब्जा गरेदेखि पाकिस्तानी प्रधानमन्त्री इमरानले तालिबानहरूलाई सहयोग गरेको आरोप लागिरहेको छ । नवभारत टाइम्सका अनुसार तालिबान सरकारमा को हुन्छ र को हुन्न भन्ने निर्णय पाकिस्तानको गुप्तचर एजेन्सीका निर्देशकहरूको उपस्थितिमा हुन्छ ।

यतिमात्रै नभई सीएनएनलाई अन्तर्वार्ता दिँदै इमरानले तालिबानहरूलाई सहयोग गर्न पनि अपिल गरेका थिए । उनै इमरानसँगको फोटो सार्वजनिक गरेपछि शाहरुखलाई बहिष्कार गर्नुपर्ने माग उठेको हो ।

Loading
TOP