सभापति देउवाको निर्णयविरुद्ध असन्तुष्ट पक्ष छलफलमा जुट्यो

सभापति देउवाको निर्णयविरुद्ध असन्तुष्ट पक्ष छलफलमा जुट्यो

२१ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको असन्तुष्ट समुह छलफलमा जुटेको छ ।

सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टीका केन्द्रीय विभाग विस्तारसँगै आमन्त्रित केन्द्रीय सदस्यहरुको मनोनयन गरेको भन्दै असन्तुष्ट रहेको पौडेल समुह छलफलमा जुटेको हो ।

१४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि पार्टीका केन्द्रीय विभाग गठन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको पौडेल समूह मंगलबार बिहान प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा छलफल गरिरहेको छ ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, सरिता प्रसाईं, बद्रि पाण्डेसहितका उपलब्ध जिल्ला सभापति, उपसभापति तथा केन्द्रीय सदस्यीयहरुको उपस्थिति रहेको छ ।

गत शनिबार सभापति देउवाले पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरुसमेत समावेश गरेर पार्टीका १३ वटा केन्द्रीय विभाग विस्तारसँगै पाँच जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पौडेल समूह असन्तुष्ट रहेको छ ।

यस छलफलमा सिटौला समूहका नेताहरु अनुपस्थित रहेको बताइएको छ ।

Loading
TOP