कोरोना भाइरस बारे फैलिदैछ काल्पनिक र झुटा सुचना, सत्य के हो ?

कोरोना भाइरस बारे फैलिदैछ काल्पनिक र झुटा सुचना, सत्य के हो ?

२२ फागुन, काठमाडौँ । कोभिड-१९ अर्थात् कोरोना भाइरसको आतंक विश्वमा फैलिसकेको छ । त्यसैले पनि उक्त भाइरस संक्रमणको बारेमा मित्था खबर, झुटो दावा, षडयन्त्रका सिद्धान्तहरू र गलत सूचना पनि फैलिरहेका छन्  ।

विश्व स्वास्थ्य संगठनले व्यापक रुपमा फैलिएको गलत सूचनालाई महामारीको संज्ञा दिंदै यसलाई “इन्फोडेमिक” भनेको छ ।

विश्व स्वास्थ्य संगठनले सहि सूचना दिन टिकटकको माध्यम रोजेको छ तर अनलाइन र मुख्य संचारमाध्यमा मित्था खबर अझै पनि फैलिरहेको छ ।

सामजिक संजालको माध्यमबाट भने सहि सूचना दिनको लागी गलत र मनासिलाई झुक्याउने खबर हटाउन थालिएको छ ।

कोरोना भाइरस, के हो सत्य ?

झुट : कोरोना भाइरस मानिसले बनाएको हो ।

वास्तविकता: इन्टरनेटमा भएको सबै कुरा विश्वास गर्नु हुँदैन । कोरोना भाइरस पूर्ण रुपमा स्वास्थ्य संकट बनिसकेको छ र यसको बारेमा, संक्रमण कसरी शुरुवात भयो भन्ने कुराको अनलाइनमा थुप्रै कुरा रहेको छ, जस्तै, भाइरस प्राकृतिक रुपमा देखापरेको होइन र यो ल्याबमा बनाइएको हो ।

शुरुवातको चरणमा यस्तो हल्ला आधिकारिक रुपमा दर्ता नभएका सामाजिक संजालका माध्यमबाट व्यापक रुपमा फैलिन थाल्यो र समय संगै कोरोना भाइरस जस्तै यस गलत सूचनाको संक्रमण झन् ठुलो बन्दै गयो ।

कोरोना भाइरस बायो-वेपन मतलव हतियारको रुपमा चीनले गोप्य रुपमा रचना गरेको भाइरस हो भन्ने हल्ला चीन भन्दा बाहिर प्रख्यात भएको छ । तर चीनको राष्ट्रिय भूभागमा भने सामजिक संजालको माध्यमबाट उक्त भाइरस अमेरिकाबाट चीनमा फैलिएको भन्ने हल्ला प्रख्यात छ । हल्लाका अनुसार कोभिड-१९ भाइरसले थुप्रै अमेरिकन सैनिकको मृत्यु भएको छ भन्ने पनि छ ।

तर वैज्ञानिकहरुले भने दुवै चीन र पश्चिमको कुरालाई गलत प्रमाणित गरेको छ । अझै पनि यस गलत धारणा बढिरहेको छ   ।

विशषज्ञहरु यस भाइरसको श्रोत पत्ता लगाउन लागिपरेका छन् र अनुसन्धानको अनुसार यो चमेरोबाट फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

झुट: घरेलु उपचार र उपायबाट भाइरस संक्रमण रोकिन्छ ।

वास्तविकता: लशुन, पानी र भिटामिन-सि स्वास्थ्यको लागी फाइदाजनक हुन्छ, तर सामाजिक संजालमा भएको तथ्य बाहेक लशुन खादा, हरेक १५ मिनेटमा तातोपानि पिउदा वा भिटामिन सि खादा कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छैन ।

कुनै प्रकारको तेल अथवा कुनै पौराणिक उपचार पद्धतिको सहयताले भाइरस संक्रमण रोकिदैन । सामाजिक संजालमा भएको पोष्ट जस्तै, जैतुनको तेल लगाउदा वा शरीरमा रक्सि वा क्लोरिन छार्किदा भाइरस मर्ने दावा गरिएको छ जुन पुरै गलत हो ।

कतिपय रसायनिक किटाणुनाशक जसतै  ब्लिच , ७५ प्रतिशत इथानल, प्यारासेटिक एसिड र क्लोरोफर्मले सतहमा रहेको भाइरस मर्छ तर यदि शारिर भित्र नै भाइरस संक्रमण भइसकेको छ भने यसले केहि काम गर्दैन ।

शरीरको त्वचामा यस्तो पदार्थ दल्ने तथा नाकको मुनि लगाउदा भाइरस मर्दैन बरु यस्तो रसायनिक पदार्थ निकै खतरनाक हुने गर्दछ ।

अहिले कोरोना भाइरसको कुनै उपचार पत्ता लागेको छैन र अनुसन्धान भइरहेको छ । यसको खोप पत्ता लगाउन कम्तिमा पनि एक वर्ष लाग्ने वैज्ञानिकहरुको भनाइ रहेको छ ।

यसबाट बच्नको लागी चिसो मौसममा रुघा-खोकीबाट बच्न गरिने सामान्य सतर्कता अपनाउनु पर्छ जस्तै कि संक्रमण भएको व्यक्ति भन्दा तीन फिटको दुरीमा बस्ने,  साबुनपानिले २० सेकेन्ड सम्म हात धुनुपर्छ , हाछ्यु गर्दा र खोक्दा मुख छोप्ने  आफुले प्रयोग गरेको टिस्यु व्यवस्थित रुपमा फाल्ने र आफुले छोएको सामान तुरुन्तै किटाणुरहित बनाउने गर्नुपर्दछ ।
यदि लक्षण अझै खराब बन्दै गयो भने र सामान्य रुघा बन्दा धेरै भयो भने तुरुन्त जचाउन अस्पताल जानुपर्छ ।

झुट : भाइरसलाई रोक्न माक्स लगाउनु पर्छ ।

वास्तविकता : सिडिसीको अनुसार केहि नभएको व्यक्तिलाई माक्स लागाउनुपर्ने कुनै आवस्यकता छैन ।

माक्सले कोरोना भाइरस संक्रमण रोक्न सक्दैन तर माक्स लगाउदा कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने सोचले बजारमा माक्सको खरिद-संख्या बढेको छ, मुल्य वृद्धिसंगै भविष्यमा माक्सको अभाव समेत भएको छ ।

अमेरिकी चिकित्सक जेरेमी एडम्स भन्छन्, माक्स राम्रोसंग सहि तरिकाले लगाइएन भने उल्टो संक्रमण सर्न सक्ने खतरा बढी हुन्छ । कोरोना भाइरस संक्रमण भएकाले अरु मानिसलाई भाइरस संक्रमण हुन नदिन माक्स लगाउनुपर्छ ।

माक्स लगाउनु पर्ने व्यक्तिहरुमा स्वास्थ्यकर्मी र संक्रमण भएका व्यक्तिको हेरचाह गर्ने व्यक्ति वा भाइरसको बारेमा काम गर्ने मानिस पर्दछ्न् ।

अनावस्यक रुपमा माक्स किन्दा बजारमा माक्सको अभाव बढ्न सक्छ र मुल्यवृद्धि पनि हुन्छ जसले गर्दा स्वास्थ्यकर्मीले माक्स पाउदैनन् र पुरै समुदाय पनि खतरामा पर्नसक्छ ।

झुट : तातोले भाइरस मार्न सक्छ 

वास्तविकता: विश्व स्वाथ्य संगठनको अनुसार हात सुकाउने ड्रायरले भाइरस मार्न सक्दैन, हातमा भएको किटाणु मार्न युभी ल्याम्प प्रयोग गर्दा छालाको अवस्था झन् धेरै खराब हुने गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च तापक्रममा भाइरस मर्ने दाबि गरेका छन् उनले गर्मी लाग्ने बित्तिकै भाइरस कम हुने बताएका थिए तर स्वास्थ्य विशषज्ञले यस्तो हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

झुट : कोरोना भाइरस इ-मेल फैलिन सक्छ ।

वास्तविकता: इ-मेलबाट भाइरस फैलिदैन, विश्व स्वास्थ्य संगठनको अनुसार चीनबाट आएको कुनै सामानबाट भाइरस सर्दैन ।

अनुसन्धानकर्ता भाइरस कसरी संक्रमण हुन्छ भन्ने कुरा पत्ता लगाउदै छन् र पहिला भएको भाइरस संक्रमणको अवस्था हेर्दा कुनै पनि वस्तु वा सतहमा भाइरस धेरै समय जीवित बस्न नसक्ने पत्ता लागेको छ ।

झुट : बच्चालाई भाइरस संक्रमण हुँदैन 

वास्तविकता: जो कोहिलाई पनि भाइरस संक्रमण हुन सक्ने सम्भावना उत्तिकै हुन्छ तर धेरै उमेरका र दिर्घ रोगका बिरामीहरुलाई यस भाइरस संक्रमण सजिलै हुन सक्छ ।

तर संक्रमणको केस हेर्दा युवा र बालबालिका पनि भाइरस संक्रमित भएका छन् ।

झुट : कोरोना भाइरस लागेपछि मृत्यु हुन्छ ।

वास्तविकता : भाइरस संक्रमणको तथ्यांक अनुसार केवल दुई प्रतिशत मानिसको मात्र मृत्यु भएको छ र स्वास्थ्य अधिकारीहरुको अनुसार यो घट्दै जाने देखिन्छ ।

भाइरस संक्रमण भएका व्यक्तिमा शुरुमा हल्का ज्वोरो देखिन्छ र रुघा-खोकी जस्तै पछि स्वासप्रस्वासमा समस्या हुन थाल्छ ।

लक्षणहरु जस्तै, नाकबाट पानी बग्नु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु र धेरै दिन सम्म ज्वोरो आउनु पर्दछ ।

प्रायजसो लक्षण आफै ठिक हुँदै जाने गर्दछ ।

रोग बढ्दै जाने र पछि अवस्था खराब हुँदै जान्छ तर यस्तो अवस्था कम मात्र हुने गर्दछ ।

कमजोर रोगप्रतोरोधात्मक क्षमता भएका व्यक्ति हरुको लागि , बृद्ध वा सानो बालबालिकामा संक्रमण हुने सम्भावना बढी हुन्छ ।

अवस्था गम्भीर हुँदै गयो भने स्वासप्रस्वासमा समस्या हुनुको साथै निमुनिया वा ब्रोन्काइटिस हुन्छ ।

हजारौं भाइरस संक्रमित व्यक्तिमा भाइरस संक्रमण रोक्न अधिकारीहरु संक्रमण रोक्न प्रयासरत छन् तर दुई प्रतिशत मृत्युदर पनि चिन्ताजनक रहेको छ । 

Loading
TOP