एम्बाप्पेको ह्याट्रिकमा पिएसजी फ्रेन्च कपको फाइनलमा

एम्बाप्पेको ह्याट्रिकमा पिएसजी फ्रेन्च कपको फाइनलमा

२२ फागुन,  काठमाडौँ । पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । पिएसजीले गएराती सम्पन्न सेमिफाइनलमा लियोनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

लियोनमाथि फराकिलो जित हासिल गर्ने क्रममा किलीयन एम्बाप्पेले ह्याट्रिक गरे भने नेइमार र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए ।

लियोनका लागि मार्टिन टेर्रीएयरले एक गोल गरेका थिए ।

लियोनका फेर्नांडो मार्कल खेलको ६१औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि लियोन १० खेलाडीमा सिमित भएको थियो ।

अब पिएसजीले फ्रेन्च कपको फाइनलमा रेन्नेज र सेन्ट एटिन्नेबीचको विजेतासँग खेल्ने छ ।

गत बर्षको फ्रेन्च कप रेन्नेजले पिएसजीलाई फाइनलमा हराएर जितेको थियो । पिएसजीले अहिलेसम्म फ्रेन्च कप १२ पटक जितेको छ ।            
 

Loading
TOP