बारा प्रहरीद्वारा ५ सय लिटर घरेलु मदिरा नष्ट

बारा प्रहरीद्वारा ५ सय लिटर घरेलु मदिरा नष्ट

२२ फागुन,  बारा । बाराको निजगढमा प्रहरीले बिहिवार एकै दिन ५ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले निजगढ नगरपालिकाको बिभिन स्थानबाट बरामद गरेको अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

नजिकिदै गरेको होलीमा यस्ता घरेलु मदिराको माँग हुँने भएकाले प्रहरीले बिशेष सतर्कता अपनायको पाईएको छ ।

घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको बारा प्रहरीले निजगढ नगरपालिकाको शाहीद चोक र बुद्ध चोकबाट बिक्रीको लागि तयारी अवस्थामा रहेको कारिब ५ सय लिटर मदिरा बरामद गरेको थियो ।

सञ्चारकर्मीहरुको रोहवरमा प्रहरीले ५ सय लिटर अवैध मदिरा नष्ट गरेको हो ।

घरेलु मदिरा सस्तो र जताततै सजिलै पाईने हुँदा यसको अधिक सेवनबाट झै–झगडा देखि मानिसको हत्या सम्म हुँने गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक बिकास थपलियाले बताए ।

अखाद्य बस्तु मिसाएर गरिने यस्ता उत्पादन हुन नदिन कडा निगरानी गरि राख्ने उनको भनाई छ ।

Loading
TOP