कोरोनाले बदलिदियो अभिवादनको शैली : कुन देशमा कसरी गरिदैछ अभिवादन ?

कोरोनाले बदलिदियो अभिवादनको शैली : कुन देशमा कसरी गरिदैछ अभिवादन ?

२२ फागुन,  काठमाडौँ । कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि यसबाट बच्न अहिले अनेकौ उपाय अपनाउन थालिएको छ ।

यसैक्रममा विश्वभर भेटघाटमा गरिने अभिवादन शैलीलाई बदलिएको पाइएको छ । अहिले विश्वभर आम रुपमा हात मिलाउने काम बन्द गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठनले हातबाट भाइरसको संक्रमण फैलिने सम्भावना बढी रहेको बताएपछि मानिसहरुले अभिवादनको शैली नै परिवर्तन गरेका छन् ।

यस रिपोर्टमा कुन देशमा के कस्ता शैली परिवर्तन भए भन्ने बारेमा जानकारी गराउदै छौ ।

बेजिङ : चीनको बेजिङमा एक अर्काबीच भेट हुदा यस अघि एक व्यक्तिले दाहिने हातको मुठ्ठी बन्द गर्ने र अर्को व्यक्तिले बायाँ हातको हत्केला छोएर अभिवादन गर्ने शैली अहिले रोकिएको छ । अहिले भेटघाटमा हेलो मात्रभनिने गरिएको छ ।

अमेरिका : कोरोनाको संक्रमण बढ्दै गएपछि अमेरिकामा भेटघाटमा अँगालो हालेर अभिवादन गर्ने शैली बन्द गरिएको छ भने अहिले हात हल्लाएर अभिवादन गर्न थालिएको छ । साथै अमेरिकामा चर्चित बास्केटबलका खेलाडीहरुलाई आफ्ना फ्यानलाई अटोग्राफ दिन बन्द गरिएको छ ।

फ्रान्स : फ्रान्समा एक अर्कासँगको भेटमा गालामा किस गरेर अभिवादन गर्ने प्रचलन रहेको छ । भाइरसको संक्रमण बढ्दै गएपछि अब गालामा किस गर्ने परम्परा बन्द गर्न थालिएको छ ।

सिंगापुर : सिंगापुरको नेशनल युनिभर्सिटी अफ सिंगापुर स्कुल अफ मेडिसिनले एक अर्कासँगको भेटमा हात हल्लाएर अभिवादन गर्न अपिल गरेको छ । सिंगापुरमा भेटमा हात मिलाउने वा आफ्नो छातीमा हात राखेर अभिवादन गर्ने परम्परा रहेको छ । 

न्युजील्याण्ड : न्युजील्याण्डमा एकाअर्कासँगको भेटमा एक अर्काको नाक दबाएर गरिने अभिवादन ‘माओरी’ लाई प्रतिबन्द लगाइएको छ ।

अस्ट्रेलिया : अस्ट्रेलियाका स्वास्थ्यमन्त्रीले एक अर्काप्रति सम्मान व्यक्त गर्न हात नमिलाउन बरु पीठ थपथपाउन अपिल गरेका छन् ।

ब्राजिल : ब्राजिलको स्वास्थ्य मन्त्रालयले भेटमा एक अर्कालाई चुम्बन नगर्न आग्रह गरेको छ भने सबैलाई कोफिनयुक्त पेय पदार्थचिमारो पिउन सल्लाह दिएको छ । यो पेय पदार्थ पिउन धातुले बनेको स्ट्रको प्रयोग हुने हुनाले सो प्रयोग गर्दा एक अर्कालाई किस गर्न नमिल्ने हुनाले यस्तो सल्लाह दिएको बताइएको छ ।

स्पेन : स्पेनमा चर्चित वर्जिन मेरीको प्रतिमालाई चुम्ने परम्परा बन्द गरिएको छ ।

साउदी अरब : साउदी र कतारले आफ्ना नागरिकहरुलाई नाक र नाक मिलाएर गरिने अभिवादन नगर्न निर्देशन दिएको छ । सरकारले हात हल्लाएर अभिवादन गर वा मुस्कुराएर अभिवादन गर्न भनेको छ ।

इरान : इरानमा भाइरसको संक्रमण बढ्दै गएपछि अहिले हातको सट्टा खुट्टा मिलाएर अभिवादन गर्न थालिएको छ ।

रोमानिया : रोमानिया सरकारले एक अर्कासँगको भेटमा गरिने चुम्बन गर्न रोक लगाएको छ । सरकारले एक अर्कालाई सम्मान व्यक्त गर्न फूल दिन अनुरोध गरेको छ ।

Loading
TOP