प्रधानमन्त्री ओलीको स्वास्थमा क्रमिक सुधार

प्रधानमन्त्री ओलीको स्वास्थमा क्रमिक सुधार

२२ फागुन,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा क्रमिक सुधार हुदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले प्रत्यारोपणपछि हिजो बेलुका तरल पदार्थ खान दिएको बताएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीले बुधबार बेलुका तरलपदार्थ (पानी ) खाएका छन् भने विहिवार बिहान कालो चिया खाएको बताए ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, सांसद तथा उच्च पदस्थ अधिकारी, शुभचिन्तक र शुभेच्छुकहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिहेका छन् । 

विहिवार विहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमसेनापति पुर्णचन्द्र थापालगायत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा विभिन्न सांसदहरु समेत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

अस्पतालले प्रधानमन्त्री ओलीको दैनिक स्वास्थ्य अपडेट प्रत्येक दिन दिउँसो ४ बजे जानकारी गराउने बताएको छ ।

Loading
TOP