मानिसबाट जनावरमा सर्यो कोरोना, हङकङमा कुकुर संक्रमित !

मानिसबाट जनावरमा सर्यो कोरोना, हङकङमा कुकुर संक्रमित !

२२ फागुन,  काठमाडौँ । हङकङमा मानिसबाट जनावरमा कोरोना भाइरसको संक्रमण भएको घटना सार्वजनिक भएको छ ।

हङकङका स्वास्थ्य अधिकारीहरुका अनुसार एक कोरोना संक्रमित ६० बर्षिय महिलाको कुकुरमा कोरोनाको संक्रमण भएको पाइएको छ ।

विश्वमै पहिलो पटक मानिसबाट जनावरमा कोरोनाको संक्रमणको घटनाका रुपमा यसलाई लिइएको छ । सो कुकुरमा लगातार परिक्षण गरिएको छ भने हरेक परिक्षणमा पोजिटिभ आएपछि कुकुरलाई स्थानीय कृषि विभागलाई थप परिक्षणका लागि पठाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कुकुरकी मालिकनीलाई २५ फेब्रुअरीमा कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म चीन बाहिर ७६ देशमा कुल १२ हजार ६६८ जना संक्रमित भएका छन् भने २१४ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै चीनमा भने अहिलेसम्म ३ हजार १२ जनाको मृत्यु भएको छ भने ८० हजार ४०९ जना संक्रमित भएका छन् ।

Loading
TOP