थलाइवीले कंगनाको शरीरमा सधैँका लागि छोडेको निशानी

थलाइवीले कंगनाको शरीरमा सधैँका लागि छोडेको निशानी

मुम्बई, असोज ११ । अभिनेत्री कंगना रनौतको अभिनय रहेको पछिल्लो चलचित्र ‘थलाइवी’ रिलिज भैसकेको छ । चलचित्रले बक्सअफिसमा त्यति कमाल गर्न सकेन तर कंगनाको अभिनयको भने जमेरै तारिफ भयो । यो चलचित्रमा कंगनाले तमिलनाडुको पूर्व मुख्यमन्त्री जयललिताको भूमिका निभाएकी छिन् । यो पात्र निभाउन सपनाले धेरै मिहिनेत गर्नुपर्यो ।

जयलिलाको भूमिका निभाउन उनले २० किलो तौल बढाएकी हुन् । हुन त अहिले उनले आफ्नो तौल घटाइसकेकी छिन् । उनले मात्रै ६ महिनाको समायावधिमा आफ्नो तौल घटबढ गरेकी हुन् । हालै इन्स्टाग्राममा तौल बढिसकेपछिको र घटाएपछिको दुईवटा तस्बिरहरु सेयर गर्दै ६ महिनामा यस्तो गर्न कति गाह्रो हुन्छ भनेर लेखेकी छिन् ।

“केवल ६ महिनामा २० किलो तौल बढाउन र फेरि ६ महिनामा नै तौल घटाउन त्यो पनि ३० वर्ष नाघिसकेको उमेरमा निकै गाह्रो भयो । यसका कारण मेरो शरीरमा सधैंका लागि स्ट्रेच माक्र्स बन्यो । तर, तपाईंको जिन्दगीमा कला त्यस्तो मूल्यवान बनेर आउँछ कि आर्टिस्टको जीवनको कुनै मूल्य नै हुँदैन्,” उनी लेख्छिन् । यो चलचत्रिमा कंगनाका साथै अरविन्द स्वामी र भाग्यश्री मुख्य भूमिकामा छन् । नवभारत टाइम्स

Loading
TOP