प्रभासको ‘आदिपुरुष’ र अक्षयको ‘रक्षा बन्धन’ को भिडन्त पक्का

प्रभासको ‘आदिपुरुष’ र अक्षयको ‘रक्षा बन्धन’ को भिडन्त पक्का

मुम्बई, असोज ११ । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित चलचित्र हो, ‘आदिपुरुष’ । ओम रावतको निर्देशनमा बनेको यो चलचित्र हिन्दु काव्य रामायणमा आधारित हो ।

चलचित्रमा अभिनेता प्रभास भगवान राम र सैफ अली खान रावण र सनी सिंह लक्ष्मणको भूमिकामा छन् । कोरोनाका कारण रिलिज मितिको पर्खाइमा रहेको यो चलचित्रले अन्तत रिलिज मिति घोषणा गरेको छ । चलचित्र सन् २०२२ को स्वतन्त्रता दिवसमा रिलिज गर्ने घोषणा गरिएको छ ।

यसको रिलिज मितिले स्पष्ट पारेको छ कि प्रभासको चलचित्र बलिउड अभिनेता अक्षय कुमारको ‘रक्षा बन्धन’ सँग स्वतन्त्रता दिवसको विदामा भिड्ने छ । २५ सेप्टेम्बरमा महाराष्ट्र सरकारले हलहरू पुनः खोल्न अनुमति दिएसँगै अक्षयको ‘रक्षा बन्धन’ टिमले चलचित्र सन् २०२२ अगस्ट ११ को दिन रिलिज गर्ने घोषणा गरिसकेको थियो । बलिउड हंगामा

Loading
TOP