समता स्कुलका संस्थापक उत्तम सञ्जेल वर्ल्ड बुक अफ रेकर्डस अवार्डबाट सम्मानित

समता स्कुलका संस्थापक उत्तम सञ्जेल वर्ल्ड बुक अफ रेकर्डस अवार्डबाट सम्मानित

काठमाडौं, असोज ११ । वर्ल्ड बुक अफ रेकर्डस लण्डनले २०२१ को अवार्ड समता स्कुलका संस्थापक उत्तम सञ्जेललाई प्रदान गरेको छ । नर्सरीदेखि स्नातकोत्तरसम्म मासिक रु १०० रुपैयाँ लिएर विद्यार्थीलाई  गुणस्तरिय शिक्षा दिइरहेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

समता स्कुल नेपाल भरका ७७ ओटा जिल्लाहरुमा ८० ओटा स्कुलहरू रहेका छन् भने विदेशका १० ओटा सार्क राष्ट्रहरूमा पनि समता स्कुल स्थापना भएका छन् । सञ्जेलले नर्सरी देखि स्नातकोत्तर तहसम्म मासिक रु १०० लिएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । समता स्कुलमा पढेका कैयौँ विद्यार्थीहरू विभिन्न क्षेत्रमा काम गरिरहेका छन र समता स्कुलमै पढेर स्कुलकै शिक्षकका रूपमा विद्यार्थीहरूलाई पढाइरहेका छन् ।

यस्तै, नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल पनि सम्मानित भएका छन् । दाहाललाई कोरोना महामारीका बेलामा सामाजिक सेवामा कटिवद्ध रहेकोले उक्त अवार्ड दिइएको हो । भारतको इन्दोरमा भएको कार्यक्रममा कोरोना महामारीका बेलामा मानवीय कार्य गर्ने विश्वका १०० जना व्यक्तित्वलाई अवार्डद्वारा सम्मानित गरिएको छ ।

Loading
TOP