डब्ल्युएचओले स्वीकृत गरेका खोपलाई कुनै देशले मान्यता नदिएको भन्दै बोर्डले गरायो ध्यानाकर्षण

डब्ल्युएचओले स्वीकृत गरेका खोपलाई कुनै देशले मान्यता नदिएको भन्दै बोर्डले गरायो ध्यानाकर्षण

काठमाडौं, असोज १२ । नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशले मान्यता नदिएको विषयमा ध्यानाकर्षण गराएको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) नेपाल प्रतिनिध डा. राजेश एस. पाण्डवबीचको भेटवार्तामा रेग्मीले संगठको ध्यानाकर्षण गराएका हुन् ।

उनले विश्व स्वास्थय संगठनले सिफारिस र स्वीकृति गरेका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशले मान्यता नदिएजस्तो व्यहार गरेकाले यसबाट अन्तरर्राष्टिय आवागमनमा समस्या आएको बताउँदै यसमा विश्व स्वास्थ्य संगठनले ध्यान दिन आग्रह गरे । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सु:खद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले सहयोग निरन्तर रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

“हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौँ । कोभिडको जोखिम अझै कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधी सञ्चालन गर्न आवश्यक छ,” उनले भने । उनले पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेट परिक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि विश्व स्वास्थ्य संगठनको सहयोग रहने बताए ।

बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा पनि क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको बताए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजिकरण गर्न सरकार र पर्यन बोर्ड सदा तयार रहेको बताए ।

Loading
TOP