नवनियुक्त भारतीय राजदूत क्वात्रा र नेपालबीच भेटवार्ता

नवनियुक्त भारतीय राजदूत क्वात्रा र  नेपालबीच भेटवार्ता

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । नेता नेपालको जन्मदिनको दिन शुक्रबार विहानै राजदूत नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । भेटमा राजदूतले नेता नेपाललाई जन्मदिनको शुभकामना दिएका थिए ।

त्यस्तै भेटमा उनीहरुबीच समसामयिक राजनीतिकलगायतका विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिसमक्ष राजदूत क्वात्राले बिहीबार ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

बिहीबारै राजदूत क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका थिए । भेटमा उनीहरुले राजदूत क्वात्राको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

Loading
TOP