प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

२३ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन विहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालेको जानकारी दिए ।प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याव सूचकहरु सामान्य अवस्थामा रहेको र आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको उनले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनलाई पनि आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको जानकारी दिए ।

Loading
TOP