सेमिफाइनलमा स्थान बनाइसकेको एपीएफ समूह विजेता

सेमिफाइनलमा स्थान बनाइसकेको एपीएफ समूह विजेता

काठमाडौं, असोज १४ । सशस्त्र प्रहरी बल (एपीएफ)को महिला टोलीले आज अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा समूह ‘ए’को विजेता बनेको छ ।

पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएसँगै एपीएफले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता र उपविजेता टुंगो लगाउने खेलमा एपीएफले पुलिसलाई २५–१४, २१–२५, २५–१८ र २५–१९ को स्कोरमा हराएको हो । जितसँगै समूह ‘ए’मा एपीएफले ६ अंक जोड्यो । पुलिसले तीन अंक जोड्दा ढोरपाटन अंकविहीन रह्यो ।

एपीएफले अब समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसले समूह ‘बी’को विजेतासँग खेल्नेछ । समूह ‘बी’ विजेता टोलीको टुंगो लगाउन न्यु डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

Loading
TOP