हैदराबादले चेन्नईलाई दियो १३५ रनको लक्ष्य

हैदराबादले चेन्नईलाई दियो १३५ रनको लक्ष्य

काठमाडौं, असोज १४ । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ । शारझाँ क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धातिर २० ओभरमा ७ विकेट गमाएर १३४ रन बनायो ।

हैदराबादका लागि रिद्धिमान शाहले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै अविशेख शर्मा र अब्दुल समदले समान १८–१८ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका लागि जोस हेजलहुडले सर्वाधिक ३ विकेट लिए । त्यस्तै डोइन ब्राभोले दुई विकेट लिए । चेन्नईका लागि शार्दुल ठाकुर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै चेन्नई स्वारिफायर्समा प्रवेश गर्ने योजनामा छ । शीर्ष स्थानमा रहेको चेन्नईको १० खेलबाट १६ अंक छ । यता हैदरावाद आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाउने योजनामा रहेको छ ।

Loading
TOP