छिट्टै म काममा फर्किन्छुः प्रधानमन्त्री

छिट्टै म काममा फर्किन्छुः प्रधानमन्त्री

२३ फागुन, काठमाडौं ।  गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भेटेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियापछि रिमालले पहिलो पटक प्रधानमन्त्रीसँग भेट गरेको जनाएका छन् । शुक्रवार प्रधानमन्त्रीसँगको भेटपछि ट्विट गर्दै रिमालले प्रधानमन्त्रीले छिट्टै काममा फर्किने बताएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अबसर मिल्यो । ‘साथीहरूलाई भनिदिनस्, मेरो स्वास्थ्य तीब्रगतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’
धेरै खुशी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !

Loading
TOP