बुढानिलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित

बुढानिलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित

काठमाडौं, असोज १७ । काठमाडौंस्थित बुढानिलकण्ठ नगरपालिकाको नेपाली काङ्ग्रेसको नगर सभापति पदमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। शनिबार भएको नगर अधिवेशनबाट प्रकाशमान सिंह-गगन थापा समुहका बुढाथोकीसहित प्यानल नै विजयी भएका हुन्।

बुढाथोकीले १५५ मत ल्याए भने उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ल्याएका छन्। उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित भए। यस्तै, सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएको काङ्ग्रेसले जनाएको छ।

Loading
TOP