मोरङका सात पालिकाको मतगणना सकियो, कोइराला पक्षका ६ जना सभापतिमा निर्वाचित

मोरङका सात पालिकाको मतगणना सकियो, कोइराला पक्षका ६ जना सभापतिमा निर्वाचित

विराटनगर, असोज १७ । गृहजिल्ला मोरङका पालिकाहरूमा नेता डाक्टर शेखर कोइराला प्रभावशाली देखिएका छन्। अहिलेसम्म मोरङका ७ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ।

शनिबार मतदान भएका रतुवामाई नगरपालिकाबाहेक १६ स्थानीय तहमध्ये ७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कोइराला पक्षका छ जना सभापति बिजेता बनेका छन्। एक जना सभापति देउवा पक्षकाले जितेका छन्। काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका तथा बेलबारी, सुनवर्षी र पथरी शनिश्चरे नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन्। शम्भु भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन्। लिम्बुले १ सय ३६ मत प्राप्त गरे। भट्टराईले ९४ मत प्राप्त गरेका थिए। कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन्। दाहालले ७३ मत प्राप्त गरेका छन्। सभापतिका अर्का उम्मेदवार दीपक चौलागाईले ७१ मत प्राप्त गरे।

कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन्। उनले ८४ मत प्राप्त गरे। उनका निकटम् प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गरे। मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन्। राईले १३४ मत प्राप्त गरेका थिए। सभापतिका अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे।

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन्। पाण्डेले ८३ मत प्राप्त गर्दा सभापतिका अर्का  उम्मेदवार बासुदेव रायले ३७ मत प्राप्त गरे। सुनवर्षी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन्। उनले १०५ मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार महेश्वर राजवंशीले ८९, बैजनाथ झाले ८ म प्राप्त गरेको जिल्ला सचिव घिमिरेले बताए।

यस्तै, पथरीशनिश्चरे नगर सभापतिमा रुपनारायण भट्टराई विजयी बनेका छन्। उनले ८२ मत प्राप्त गरेका थिए। प्राप्त मतपरिणम अनुसार ७ मध्ये ६ वटा पालिकामा संस्थापन इतर समूहले सभापति जितेको छ। धनपालथान गाउँपालिकाका सभापति दिपकवीर पाण्डे भने देउवा पक्षधर  हुन। अन्य पालिकाको  मतगणना जारी छ।

Loading
TOP