भारतमा ‘इड्ली’ कसरी खानुपर्छ भनेर विवाद

भारतमा ‘इड्ली’ कसरी खानुपर्छ भनेर विवाद

बीबीसी, असोज १७ । भारतमा बिहानीमा खाइने एक लोकप्रिय खानेकुरा सम्बन्धी ट्वीटरमा नयाँ बहस सुरु भएको छ । भारतभर भाइरल बनेको सो तस्बिरमा भातले बनाइने ‘इड्ली’ लाई आइसक्रिम स्टिकमा राखेर त्यसलाई साम्बरमा डुबाएर खान भनेर राखिएको छ ।

कतिले यसलाई रचनात्मक सोच भनेका छन् भने कतिले चाहिँ दक्षिण भारतको परम्परागत परिकारलाई यस्तो रुप दिएकामा आक्रोश व्यक्त गरेका छन् । सो तस्बिर दक्षिणतर्फ रहेको ब्याङलोरबाट राखिएको थियो ।

यस तस्बिरलाई भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राका कार्यकारी प्रमुख, आनन्द महिन्द्राले पनि ट्वीट गर्दै आफ्ना फलोअरहरुलाई सो रचनाका बारेमा के विचार छ भनेर सोधेका हुन् । यसपछि ट्वीट झन् भाइरल बन्न पुगेको छ । यसमा अधिकांशको प्रतिक्रिया ‘किन त्यस्तो गर्नुपरेको’, ‘हुँदाहुँदैको पारम्पिरिक परिकारलाई किन बिगारेको’ भन्ने किसिमको रहेको छ ।

इड्ली र साम्बरलाई प्रायः नरिवलको चट्नीसँग खाइन्छ र दक्षिण भारतमा यो अत्यन्तै मन पराइने परिकार हो । गत वर्ष बेलायतमा आधारित एक एकेडेमिकले ‘इड्ली’ लाई दुनियाँकै सबैन्दा ‘बोरिङ’ खानेकुरा भनेपछि यसले दुनियाँभर चर्को बहस सुरु गराएको थियो ।

Loading
TOP