भिक्षुहरुको स्वास्थ्योपचारका लागि कोष स्थापना

भिक्षुहरुको स्वास्थ्योपचारका लागि कोष स्थापना

काठमाडौं, असोज १७ । नेपालको थेरवाद बुद्धशासनमा समर्पित भिक्षु, श्रामणेर र अनगारिकाहरुको स्वास्थ्योपचारमा सघाउ पुर्याउन ‘प्रवजित स्वास्थ्य सेवा कोष’ खडा गरिएको छ ।

दाता उपासक पंचवीरसिंह तुलाधरले शनिबार बुद्ध विहार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा अक्षय कोष स्थापनार्थ एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ अखिल नेपाल भिक्षु महासङ्घलाई प्रदान गरे ।

सङ्घनायक भिक्षु बोधिसेन महास्थविरले दाता तुलाधरलाई उनको उदार सहयोगको कदर स्वरुप भिक्षु महासङ्घको तर्फबाट साधुवाद पत्र प्रदान गरेका थिए । सो अक्षय कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्य महास्थविरले जानकारी दिएका छन् । रासस

Loading
TOP