राजा हिन्दुस्तानीमा आमिर खानसँगको चुम्बन बारे करिश्माको यस्तो खुलासा !

राजा हिन्दुस्तानीमा आमिर खानसँगको चुम्बन बारे करिश्माको यस्तो खुलासा !

२३ फागुन, मुम्बई । बलिवुड अभिनेत्री करिश्मा कपुर ९० को दशककी निकै सुन्दर, प्रतिभावान र बोल्ड अभिनेत्री हुन् । ९० को दशकमा करिश्माको चलचित्र उद्योगमा राज थियो ।

करिश्माको चलचित्र प्रशंसकहरुलाई धेरै नै मन पर्छ । सन् १९९६ मा चलेको चलचित्र “राजा हिन्दुस्तानी” सबैलाई सम्झना छ । यो चलचित्र ब्लकबस्टर रहेको थियो ।

यो चलचित्र रिलिजको २४ वर्षपछि करिश्माले फिल्ममा अभिनेता आमिर खानसँग रहेको लामो चुम्बनको सिन बारे करिश्माले नयाँ खुलासा गरेकी छन् ।

फिल्ममा रहेको सो चुम्बनको दृश्यको त्यति बेला निकै चर्चा भएको थियो ।

अहिले करिश्माले सो सिन सुटिंग गर्दा आफ्नो शरीर पुरै कामेको खुलासा गरेकी छन् ।

एक अन्तर्वार्तामा करिश्माले भनेकी छिन्, “राजा हिन्दुस्तानीको बारेमा धेरै सम्झना जोडिएको छ तर यस फिल्मको “चुम्बनको दृश्य” चर्चाको विषय भएको थियो । तर उनीहरुलाई थाहा छैन कि उक्त दृश्य छायांकन गर्न तीन दिन लागेको थियो । म कामीरहेकी थिए र यो सोच्दै थिए कि कहिले सकिन्छ यो दृश्य, किनभने फेब्रुअरी महिनामा ऊटिमा धेरै चिसो थियो र यो दृश्य बेलुकाको छ बजे छायांकन गरिएको थियो ।”

अहिले करिश्मा लामो समय देखि बलिवुडबाट टाढा भएपनि फेरी कमब्याकको तयारीमा रहेकी छन् । करिश्माले अहिले डिजिटल प्लेटफर्ममा डेब्यूको लागि तयारी गरिरहेकी छन् । करिश्मा छिट्टै जी ५ मा रिलीज हुन लागेको वेब सिरीज “मेन्टलहुड” मा देखिने भएकी छिन् ।

यस वेब सिरिजमा करिश्मासंगै संजय सुरी, संध्या मृदुल, डिनो मोरिया, शिल्पा शुक्ला, श्रुति सेठ  र तिलोत्तमा सोम जस्तो थुप्रै कलाकार मुख्य भूमिकामा देखिने छन् । 

यस वेब सिरिज मल्टी टास्किंग वुमेनमा आधारित छन्, जो काम संगै आफ्नो बच्चाको देखरेख र परिवारको हेरचाह राम्रो संग गर्छिन् । यस वेब सिरिज करिश्मा कोहलीको निर्देशनमा बनेको छ ।

Loading
TOP