कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।

आइतबार भएको मतदानमा मतगणनामा शाक्यले ७९६ ल्याएर विजयी भएका हुन् । उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । रामचन्द्र पौडेल पक्षका उनलाई गगनकुमार थापाको पनि समर्थन थियो । संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।

Loading
TOP