फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या

काठमाडौं, असोज १९ । नेपाल, भारतसहित विश्वका विभिन्न देशमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या आएको छ । सोमबार राति करिब साढे ९ बजेपछि चर्चित यी सामाजिक सञ्जालहरूमा समस्या देखिएको हो । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ ।

फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जानकारी दिएको थियो । “माफ गर्नुहोला, केही समस्या देखिएको छ । हामीले यसमा काम गरिरहेका छौँ । चाँडै समस्याको समाधान हुनेछ,” फेसबुकले भनेको छ ।

मंगलबार विहान साढे ३ बजेदेखि भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सुचारू भएका छन् । सबै सामाजिक सञ्जालमा समस्या हुँदा सुचारू हुन नसकेको फेसबुकले जानकारी दिएका छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले विश्वभर नै यी तीनवटै एप्सले पूर्ण रूपमा काम गर्न छोडेको उल्लेख गरेका थिए । ट्विटरमा #facebookdown, #instagramdown ट्रेन्डिङमा छन् । साथै यी तीन एप्समा देखिएको समस्यालाई लिएर विभिन्न ट्रोलहरू पनि बनिरहेका थिए ।

Loading
TOP