दोलखा कांग्रेस सभापतिमा पौडेल निकट बर्मा लामा विजयी

दोलखा कांग्रेस सभापतिमा पौडेल निकट बर्मा लामा विजयी

काठमाडौं, असोज १९ । दोलखाको कांग्रेस सभापतिमा बर्मा लामा विजयी भएका छन् । जम्मा १३७३ मत खसेकोमा लामाले ८७७ मत ल्याए । उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत ल्याए । सभापतिमा निर्वाचित भएका लामा रामचन्द्र पौडेल पक्षका हुन् भने खड्का सिटौला पक्षका हुन् ।

दोलखामा सभापतिका लागि हिजो पनि मतदान भएको थियो । तर, कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन् । आज बढी मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा भएको हो । सोमबारको मत परिणामअनुसार सभापतिको उम्मेदवार बर्मा लामाले ६४३, तारा खड्का ३९७, रुद्रबहादुर खड्काले ३५८ र केशव चौलागाईले ९५ मत ल्याएका थिए ।

Loading
TOP