लोसपा सांसदको कटाक्ष : संघीयता तरकारीको फूल हो र अख्तियारको छापाले समाप्त हुन्छ ?

लोसपा सांसदको कटाक्ष : संघीयता तरकारीको फूल हो र अख्तियारको छापाले समाप्त हुन्छ ?

जनकपुरधाम, असोज २० । प्रदेश नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेकोप्रति कटाक्ष गरेका छन् ।

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले अख्तियारले छापा मारेको सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै संघीयताको नाममा नाराबाजी र प्रदर्शन गर्नुको कुनै औचित्य नरहेको बताए । “अनियमितताको कागजात लुकाएर एकातर्फ तपाईंले अख्तियारलाई निमन्त्रणा दिनुभएको छ । अर्कोतर्फ भन्नुहुन्छ संघीयतामाथि खतरा छ,” उनले भने, “संघीयता कुनै तरकारीको फूल हो र अख्तियारको छापाले समाप्त हुन्छ ? डेढ करोड जनताले ल्याएको छ ।”

प्रदेश संसदीय मामिला समितिले सो विषयमा पटक–पटक अनियमितता भएको भन्दै कागजात माग्दा नबुझाएपछि अख्तियारले उजुरीको आधारमा छापामारी गरेको उनको भनाइ छ । तर, अहिलेसम्म मुख्यमन्त्री कार्यालयले उक्त समितिमा कागजात नपठाएको उनले दाबी गरे । अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)का नेता–कार्यकर्ताले विरोध जनाउँदै आएका छन् ।

Loading
TOP