प्रकाशमान-विप्लवबीच भेटवार्ता

प्रकाशमान-विप्लवबीच भेटवार्ता

काठमाडौं, असोज २० । सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

बुधबार दुई नेताबीच सिंह निवास चाक्सीबारीमा भेटवार्ता भएको हो । नेता सिंहका सहयोगी यूपी लामिछानेका अनुसार करिब आधा घण्टा भेटवार्ता भएको थियो ।

भेटमा महासचिव विप्लवले सरकारले आफूसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नभएको बताएका थिए थिए । उनले तीनबुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन नेता सिंहसँग आग्रह गरे ।

बैठकमा अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । “सरकारसँग भएको तीनबुँदे सहमति र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,” लामिछानेले भने ।

Loading
TOP