अछाममा जन्ती गएर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते

अछाममा जन्ती गएर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते

अछाम, असोज २५ । अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा गाडी चालकसहित अन्य १६ जना बढी घाइते भएका छन्।

आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा से१च १७६३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज रिफर गरिएको  छ। दुर्घटना के कारणले भयो भन्ने खुलेका छैन। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Loading
TOP