बाराका पत्रकार विरेन्द्र शाहका हत्यारा मध्यरातमा पक्राउ

बाराका पत्रकार विरेन्द्र शाहका हत्यारा मध्यरातमा पक्राउ

२५ फागुन, काठमाडौं । करिव १३ बर्षपछि बाराका पत्रकार विरेन्द्र साहका मुख्य हत्या अभियोगी पक्राउ परेका छन् । दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारा कारागार चलान भएको केही दिनपछि पत्रकार विरेन्द्र शाहका हत्यारा पक्राउ परेका छन् ।

बाराका पत्रकार विरेन्द्र साहको हत्या अभियोगी कुन्दन भनिने नरेन्द्र फौजदारलाई मानिदै आएको थियो । उनी मुख्य दोषि भएको बताउँदै आएपनि पक्राउ गरिएको थिएन । तर आइतवार राति उनलाई घरबाटै पक्राउ गरिएकोे नेपाल प्रहरीले जनाएको छ । बारागढी गाउँपालिका ५ स्थित घरमा लुकेर बसिरहेको अवस्थामा फौजदारलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वारा जिल्ला अदालतले उनलाई दोषि ठहर गरिसकेको थियो । अदालतले दोषि ठहर गरेपनि पक्राउ परेका थिएनन् । तर प्रहरीले आज उनलाई पक्राउ गरेको छ । २०६४ साल असोजमा तत्कालिन माओवादीका कार्यकर्ताहरूले साहको अपहरण गरि हत्या गरेका थिए ।

Loading
TOP