थपिए ७८५ कोभिड संक्रमित, १२ जनाको मृत्यु

थपिए ७८५ कोभिड संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार १९५ वटा नमुनाको परीक्षण गर्दा ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ । त्यस्तै आज ७८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading
TOP