कपिलवस्तुका ९ जनामा कोलिफर्म ब्याक्टेरिया पुष्टि 

कपिलवस्तुका ९ जनामा कोलिफर्म ब्याक्टेरिया पुष्टि 

काठमाडौं, असोज २५ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडा वान्ता प्रभावित क्षेत्रबाट संकलन गरिएका ९ वटा नमुनामा कोलिफर्म (ई–कोली) ब्याक्टेरिया पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार उक्त क्षेत्रबाट संकलन गरिएका नमुनामध्ये ९ वटामा ई–कोली ब्याक्टेरिया पुष्टि भएको हो ।

कृष्णनगर क्षेत्रमा आइतबारसम्म झाडापखाला संक्रमितको संख्या ७०५ पुगेको छ । जसमध्ये ६४५ जना निको भएका छन् भने अन्यको कपिलवस्तु र बुटवलमा उपचार जारी छ । पछिल्लो समय समुदायमा संक्रमणको केस भने नबढेको महाशाखाले जनाएको छ । कपिलवस्तुमा अहिलेसम्म झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । अर्का एक जनाको मृत्युको कारण भने पुष्टि भइसकेको छैन ।

Loading
TOP