आइतबार सुनचाँदीको मुल्य स्थिर

आइतबार सुनचाँदीको मुल्य स्थिर

२५ फागुन, काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८२ हजार ५ सयमा मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि सुन प्रतितोला रु ८२ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ८२ हजार २०० कायममा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रति तोला ८९० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Loading
TOP