विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरूद्ध

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरूद्ध

विराटनगर, कात्तिक ३ । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्।

दुई दिनदेखि परेको पानी र केसलियालगायत खोलाको भेलले विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पानी पसेको छ भने रनवेमा पनि पानी जम्मा हुँदा उडान प्रभावित बनेको हो।

साथै बस्तीहरूमा बाढी पसेपछि घरहरू डुवानमा परेका छन्। रूख र घरका छतमा बसेका १६ जनालाई आज बिहान नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले उद्धार कार्य जारी रहेको बताए।

Loading
TOP