सुदूरपश्चिममा बाढी र पहिरोमा १२ जनाको मृत्यु, २८ बेपत्ता

सुदूरपश्चिममा बाढी र पहिरोमा १२ जनाको मृत्यु, २८ बेपत्ता

काठमाडौं, कात्तिक ३ । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने १२ जनामध्ये ९ जना डोटी जिल्लाका छन् ।

बाढी र पहिरोमा २८ जना बेपत्ता भएका सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी बिक्रम चन्दले जानकारी दिए । बेपत्ता मध्ये २३ जना बझाङका छन् । उनीहरु पहिरोमा परी बेपत्ता भएका हुन् ।

कैलालीमा नदीमा डुबेर ५ जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका चन्दले बताए । गएराति १ बजेबाट सुदूरपश्चिममा वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै महाकाली नदीमा पानीको बहाव घटेको छ । तर, कर्णालीमा भने जलस्तर बढेको छ ।

Loading
TOP