बिहीबार थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा

बिहीबार थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं, कात्तिक ४ । आज २०७८ कार्तिक ०४ गते बिहीबार, जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश न १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Loading
TOP